रुपन्देहीको भैरहवामा नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको अगाडी सुविधासम्म होटल सुभारम्भ भएको छ ।

  
रुपन्देहीको भैरहवामा नवनिर्मित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थलको अगाडी सुविधासम्म होटल सुभारम्भ भएको छ ।

 असार ४, रुपन्देही

स्वदेशी तथा विदेशी पर्यटकहरुको अलावा पारिवारीक वातावरणमा गुणस्तरीय सेवा चाहनेहरुका लागि लक्षित गरी बिमानस्थलको ठ्याक्कै गेट अगाडी फोर स्टार लेवलको होटल सुभारम्भ भएको हो । 

युवा ब्यवसायी पोमनारायण अधिकारी सहितका व्यवसायीहरुको करीव एक अर्वको लागतमा एशियन बुद्ध होटल आजबाट अनौपचारिक रुपमा संचालनमा आएको हो ।

क्यासिनो, हेल्थ क्लव स्पा, स्वीमिङ्गपुल सहित फोर स्टारको लागि आवश्यक पर्ने सवै सेवा सहित होटलको अनौपचारिक उद्घाटन गरिएको अधिकारीले जानकारी दिए ।

"८४ वटा रुम सहित पोर स्टार लेवलको लागि आवश्यक पर्ने सवै सुविधा सहित होटल शुभारम्भ गरिएको हो ।" अधिकारीले भने "अनौपचारिक रुपमा शुरु गरिएको भएपनि औपचारिक रुपमा भने केही समयपछि विशेष समारोहका विच सुभारम्भ हुनेछ ।"

अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको वडा नं. ७ अड्गुरीका स्थाई बासिन्दा अधिकारीका गुडलाईफ फुड प्रोडक्स मार्फत अड्गुरी, गोल्डेन लगायतका कुकिज तथा विस्कुटहरु नेपाली बजारमा चर्चित छन् । त्यस्तै अधिकारीकै एशियन एग्रो इन्डष्ट्रिज प्रा.लि.ले चाउचाउ चाउमिन, सुजी, पास्ता लगायतका खाद्यबस्तु समेत उत्पादन गर्दै आएको छ ।

पालिका अपडेट डटकमबाट साभार

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय