नेपाली क्रिकेटर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ, बिहिवार सिपिएल खेल्न जाँदै

  
नेपाली क्रिकेटर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ, बिहिवार सिपिएल खेल्न जाँदै

नेपाली राष्ट्रिय क्रिकेट टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
सानेपास्थित स्टार अस्पतालमा गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएको उनका सहयोगी रमन सिवाकोटीले जानकारी दिए।
सिजनको क्यारेवियन प्रिमियर लिग सिपिएल खेल्न जानुअघि सन्दीपले कोरोनाको परीक्षण गराएका हुन्। सिपिएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण देखाउनुपर्छ। सोही अनुसार सन्दीपले मंगलबार परीक्षण गराएका थिए।
लामिछाने बिहीबार सिजनको सिपिएल खेल्न ट्रिनिडाड एन्ड टोबागो जाने भएका छन्। सन्दीप कोरियन एयरको चार्टर्ड फ्लाइटबाट त्यसतर्फ जान लागेका हुन्। उनी शुक्रबार ट्रिनिडाड पुग्नेछन्। यसअघि फ्लाइटका कारण ट्रिनिडाड जान अन्योल देखिएको थियो। तर सबै पक्षबाट सहयोग भएकाले फ्लाइट सम्भव भएको सन्दीपका सहयोगी रमन सिवाकोटीले जानकारी दिए। ट्रिनिडाड उड्नका लागि सन्दीपले कोरोना भाइरसको परीक्षण गराएका छन्। सन्दीपले मंगलबार सानेपास्थित स्टार हस्पिटलमा कोरोना परीक्षणका लागि स्वाब दिएका हुन्। परीक्षणको नतिजा बुधबार आउने छ। सिपिएल खेल्न जान आफ्नो देशमा कोरोना नलागेको प्रमाण पेश गर्नुपर्ने भएकाले सन्दीपले परीक्षण गराएका हुन्। सिपिएल खेल्नका लागि अबको एक साताभित्र सन्दीप ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्नेछ।
उता पुगिसकेपछि पनि सन्दीप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ। सन्दीप यस सिजनको सिपिएलका लागि जमैका तल्लावाहजमा अनुबन्धित छन्। उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर एक करोड ५६ लाख रूपैयाँमा अनुबन्ध गरेको हो। उनी उक्त टिमको मार्की खेलाडी हुन्। सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सिपिएल खेलिसकेका छन्। सिपिएल आगामी भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय