आईपीएलमा बैंगलोर र दिल्ली विजयी

  
आईपीएलमा बैंगलोर र दिल्ली विजयी

एजेन्सी । आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंग्लोरले ३ विकेट गुमाएर दुई बल बाँकी छँदै भेट्टायो । बैंग्लोरको जितमा एबीडी भिलियर्सले उत्कृष्ट ब्याटिङ गरे । टिम धर्मराएको अवस्थामा ब्याटिङमा आएका भिलियर्सले २२ बलमा नटआउट ५५ रन बनाए । १८ औं ओभरसम्म खेल राजस्थानको पक्षमा थियो । दुई ओभरमा बैंग्लोरलाई ३५ रनको आवश्यकता थियो । तर जयदेव उनाद्कटको १९ औं ओभरमा एबीडी भिलियर्सका तीन छक्कासहित बैंग्लोरले २५ रन बनाएपछि खेल बैंग्लोरको पक्षमा गएको थियो ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले ४३ र देवदत्त पडिकलले ३५ रन बनाए । एरोन फिन्च १४ रनमा आउट भए । यसअघि यूएईको दुबई क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन बनायो । उसका लागि कप्तान स्टिभ स्मिथले सर्वाधिक ५७ रन बनाए । यस्तै रोविन उथापाले ४१,जोस बटलरले २४, राहुल तेवाटियाले १९, बेन स्टोक्सले १५ र सञ्जु सामसनले ९ रन बनाए । बैंग्लोरका क्रिस मोरिसले ४ र यजुवेन्द्र चहालले २ विकेट लिए । जितसँगै बैंग्लोर १२ अंकसहित तेस्रो स्थानमा कायमै छ । समान १२ अंक नै भए पनि रन रेटका आधारमा मुम्बइ पहिलो र दिल्ली दोस्रोे स्थानमा छन् । राजस्थान ६ अंकसहित सातौँ स्थानमा छ ।

यसैबिच इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ ।

राति भएको खेलमा चेन्नई सुपर किङ्ग्सलाई ५ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । चेन्नईले दिएको १ सय ८० रनको लक्ष्य दिल्लीले १९ ओभर ५ बलमा ५ विकेट गुमाएर पूरा गर्यो। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । जितसँगै दिल्लीले ९ खेलमा १४ अंक जोडेको छ ।

दिल्लीको यो सातौं जित हो । चेन्नईले ९ खेलमा ६ अंक जोडेको छ । चेन्नई तालिकाको छैठौं स्थानमा रहेको छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय