आईपिएलमा मुम्बई क्वालिफायर

  
आईपिएलमा मुम्बई क्वालिफायर

एजेन्सी । आईपीएल क्रिकेट अन्तर्गत बुधवार राति भएको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ ।

अबुधाबीमा भएको खेलमा बैंगलोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो । जितसँगै मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो । देवदूत पाडिक्कलले ४५ बलमा ७४ रन बनाए । जोश फिलिपले ३३ रन बटुले । बलिङतर्फ जसप्रित बुम्राहले ३ विकेट लिए ।

१६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा मुम्बईका सूर्यकुमार यादवले नटआउट ७९ रन बनाए । इशान किसनले २५ र हार्दिक पान्ड्याले १७ रन बनाए । बलिङतर्फ मोहम्मद सिराज र युजवेन्द्र चहलले २–२ तथा क्रिस मोरिसले १ विकेट लिए ।

बिहिवार चेन्नाई सुपर किंग र कोलकत्ता नाईट राईडर्स बिच खेल हुनेछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय