राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना सङ्क्रमण

  
राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना सङ्क्रमण

एजेन्सी । मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेका राष्ट्रिय फुटबल टिमका एक खेलाडीमा कोरोना सङ्क्रमण देखिएको छ ।

ढाकामा हिजो गरिएको कोरोना परीक्षणमा एक खेलाडीको नतिजा पोजेटिभ आएको हो । ती खेलाडी अस्पतालको एकान्तबास रहेका छन् । कोरोना देखिएपछि उनले पहिलो मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । नेपालले भोलि बंगलादेशसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । यस्तै मंसिर २ गते दोस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।

अघिल्लो पटक गरिएको परीक्षणमा भने रिपोर्ट नेगेटिभ आएको थियो ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय