सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

  
सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण

एजेन्सी । नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

बुधबार कोरोनाको लक्षण देखिएपछि स्वाब दिएका सन्दीपको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । लामिछाने आफैँले कोरोना भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले ट्वीटरमा गत बुधबारदेखि नै शरीर दुखिरहेको र कोरोना परीक्षणको क्रममा सङ्क्रमण भएको पुष्टी बताए ।

अहिले स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको र चाँडै स्वस्थ्य भएर फिल्डमा फर्कने पनी उनले लेखेका छन् । उनले अहिले होम आइसोलेशनमा रहेको र चाँडै नै स्वस्थ्य भएर मैदान फर्किने विश्वास व्यक्त गरेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post