नारायणीले सुपर ओभरमा बाग्मतीलाई हरायो

  
नारायणीले सुपर ओभरमा बाग्मतीलाई हरायो

एजेन्सी । गौतमबुद्ध कप क्रिकेटमा नारायणीले सुपर ओभरमा वाग्मतीलाई हराएको छ ।

सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको वाग्मतीले २० रन मात्रै बनाउन सक्यो । करण केसीले उत्कृष्ट प्रदर्शनसँगै गौतम बुद्ध कपमा नारायणीले बागमतीलाई सुपर ओभरमा हराएको हो । निर्धारित २० ओभरमा दुवै टोलीले समान ११७ रन बनाएपछि खेफ सुपर ओभरमा धकेलिएको थियो, जहाँ पहिले ब्याटिङ गर्दै नारायणीले २५ रन बनाएको थियो । नारायणीका करण केसीले सोमपाल कामीको ओभरमा ४ छक्का प्रहार गरे ।

जवाफमा बागमतीले २० रन मात्र बनाउन सक्यो । नारयणीका करण नै बलिङमा आएका थिए । कप्तान ज्ञानेन्द्र मल्ले ३ छक्का प्रहार गरेपनि बागमतीले २० रन मात्र बनाउन सक्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो । खराब सुरुवात गरेपनि विक्रम सोब र राशिख खानले आक्रमक ब्याटिङ गरेपछि बागमतीले सय रन कटाएको हो ।

ओपनर सुनील धमलाले सर्वाधि ३७ रन बनाए । यस्तै विक्रम सोब पनि ३७ रनमै अविजित रहे भने रासिद खानले २७ रन योगदान गरे । बलिङमा नारायणीका शहाब आलमले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए । ११८ रनको लक्ष्य पछ्याएको नारायणीले पनि निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ११७ रनमै नै बनायो । नारायणीका लागि आरिफ शेखले सर्वाधिक ४४ रन बनाए भने सिद्दान्त लोहनीले २० रन जोडे ।

बलिङमा बागमतीका सोमपाल कामीले २ विकेट लिएभने सागर ढकाल, पवन सर्राफ, विक्रम शोव र ललित नारायण राजवंशीले समान एक विकेट हात पारे यसअघि कप्तान चयन गरिएका पारस खड्का कोरोना संक्रमणका कारण प्रतियोगितामा अनुपस्थित भएपछि सुबास खकुरेलले नारायणीको कप्तानी गरेका थिए ।

बागमति प्रदेश क्रिकेट संघको आयोजना र चितवन जिल्ला क्रिकेट संघको सहआयोजनामा शनिवारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नजिकै नमुना क्रिकेट मैदान सुरु प्रतियोगितामा तीन टिमले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको दोस्रो खेलमा भोलि वाग्मती र राप्ती खेल्ने छन् भने तेस्रो खेलमा राप्ती र नारायणी खेल्ने छन् । शीर्ष दुईमा रहने टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल खेल आउँदो मंगलबार हुने छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय