शिवराज खेलकुद महोत्सव माघ २२ बाट शुरु हुने 

  
शिवराज खेलकुद   महोत्सव माघ २२ बाट शुरु हुने 


कमल बिष्ट
कपिलवस्तु १५ माघ ।  शिवराज नगर खेलकुद विकास समितिको आयोजनामा यहि माघ २२ गते देखि शिवराज खेलकुद महोत्सव शुरु हुने भएको छ । खेलकुद महोत्सवमा नगर भित्रका विद्यालयहरु बीच रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने छ भने नगर भित्रका क्लब र संघ संस्था बीच मेयर कप प्रतियोगिता र उपमेयर कप प्रतियोगिता हुने आयोजकले नगरपालिकाको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो ।

रास्ट्रपति रनिङ शिल्ड तर्फ भलिबल छात्र, छात्रा , एथलेटिक्स तर्फ विभिन्न स्पर्धामा छात्र छात्रा दौड, रिले दौड , हाइजम्प, लम्जम्प, ट्रीपल जम्प, सटफुट ज्याब्लिङ थ्रो साथै विभिन्न केजी तौल स्पर्धामा छात्र, छात्राहरु बिच कराते प्रतियोगिता हुनेछ ।


त्यस्तै मेयर कप प्रतियोगितामा पुरुष हरुको टिम बिछ फुटबल, क्रिकेट र भलिबल साथै उपमेयर कपमा महिला टिमहरुबिच फुटबल र विभिन्न केजि तौलको स्पर्धामा कराते खेल प्रतियोगिता हुने साथै कोभिडको जोखिम अझै रहेको भन्दै यश वर्ष कबड्डी खेल लाई प्रतियोगितामा समाबेश नगरीएको आयोजकले जनाएको हो ।

माघ ३० गते सम्म संचालन हुने प्रतियोगितामा सहभागी हुने संघ संस्था तथा क्लब मार्फत सहभागी हुने सबै खेलाडी शिवराज नगरपालिका भित्रका स्थायि बसोबास गर्ने नागरिक हुनुपर्ने छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगर प्रमुख नेत्रराज अधिकारीले खेलले युवा तथा विद्यार्थीमा अनुशासनको विकास गर्ने मात्र नभई सारीरीक स्वस्थता साथै स्थानीय र राष्ट्रिय पहिचान झल्काउने माध्यम पनि बन्ने हुदा नगरपालिकाले खेल क्षेत्रको विकासका लागि सक्दो प्रयत्न गरीरहेको बताए ।

कार्यक्रमको सहजीकरण गर्दै शिक्षा प्रमुख उपसचिव लोकराज पन्थीले खेलकुद महोत्सव लाई प्रत्येक वर्ष अझ उत्कृष्ट कसरी बनाउन सकिन्छ भनेर सम्बन्धित सबैसँग सुझाव लिइरहेको बताउदै यसलाई भव्यताका साथ संचालन गर्ने तर्फ सबै नगरवासीहरुको सकारात्मक साथ र सहकार्यका लागि अपिल समेत गरे ।

फरक प्रसङ्गमा शिवराज नगरपालिकाले प्रकाशन गरेको शैक्षिक दर्पण नामक पुस्तक र मार्फत नगर शिक्षा युवा तथा खेलकुद शाखाले नगर भित्रका विद्यालयको अवस्था, शैक्षिक सुधारका लागि शाखाको प्रयत्नका बारे प्रकास पार्दै अहिले पनि १७८ जना विद्यार्थी प्रती शिक्षकले पढाउनुपर्ने वाध्यता रहेकोमा यश अवस्था लाई जति सक्दो सुधार तर्फ लैजान प्रयत्नशील रहेको बताए ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

लोकप्रिय