भारतको जित

  
भारतको जित

दिपक चन्द

काठमाडौं,चैत २।भारत र इगल्याण्डबीचको टि—२० शृङ्खलाको दोस्रो खेलमा भारतले जित प्राप्त गरेको छ । भारतको अहेम्दाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट मैदानमा हिजो राति भएको खेलमा भारतले सात विकेटले जित हासिल गरेको हो । १६५ रनको लक्ष्य पाएको भारतले १७.५ ओभरमा ३ विकेटको नोक्सानीमा लक्ष्यप्राप्त गर्यो । भारतकालागि कप्तान कोहलीले नटआउट ७७ रनको योगदान दिएँ भने भारतकालागि पहिलो टि—२० खेलिरहेका इसान किसनले ५६ रनको अर्धशतकीय पारी खेले । इगल्याण्डका तर्फबाट स्याम करन, आदिल रसिद र क्रिस जोडनले समान १/१ विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इगल्याण्डले निर्धारित २० ओभरमा १६४ रन बनाएको थियो । उक्त रनमा जेसन रोइले ४६, कप्तान मोर्गनले २८ र डेविड मिलान र बेन स्टोकले समान २४/२४ रनको योगदान दिएका थिए । भारतलाई वासिङ्टन सुन्दर र सार्दुल ठाकुरले समान २/२ विकेट दिलाएका थिए ।

भारत र इगल्याण्डबीच चलिरहेको टि—२० शृङ्खलाको पहिलो म्याच भने इगल्याण्डले जितेको थियो । पाँच म्याचको यो शृङ्खलामा हालसम्म दुई खेल सकिदा दुबै टोलीले एक—एक खेलमा जित प्राप्त गरेका छन् । यी दुई टोलीबीचको तेस्रो खेल १६ अप्रेल मङ्गलवार नरेन्द्र मोदी क्रिकेट मैदानमा नै हुने छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय