नेपालमा थपिए कोराना संक्रमित

  
नेपालमा थपिए कोराना संक्रमित

दिपक चन्द

         काठमाडौं,चैत २।नेपालमा पछिल्लो २४ घण्टाका ७९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ३ सय ११ पी.सी. आर टेस्टमा थप ७९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

       यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको सङ्ख्या २ लाख ७५ हजार ३ सय १० पुगेको छ भने संक्रमित भइ राम्रो हुनेको सङ्ख्या २ लाख ७१ हजार ४ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा ९८.६ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय