मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

  
मेसीको बार्सिलोनामा अर्को कीर्तिमान कायम

४ चैत। एजेन्सी । बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडीः लिओनेल मेसी सफल भएका छन् ।एजेन्सी ।

बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने प्रसिद्ध फुटबल खेलाडी चाभीको कीर्तिमानसँग बराबरी खेली नयाँ कीर्तिमान बनाउन अर्जेन्टिनी फुटबल खेलाडीः लिओनेल मेसी सफल भएका छन् ।

बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गरेका छन् । होएस्काविरुद्धको स्पेनिश प्रिमिअर लिग खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए । बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लिगको अङ्कतालिकामा दोस्रो स्थानमा पुगेको छ ।

समान २७ खेल खेलेको एट्लेटिको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ । रियल मड्रिड भने ५७ अङ्कमा सीमित रहेको छ । सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका मेसीले क्लबबाट १० पटक स्पेनिस लिग र चार पटक च्याम्पियन्स लिग जित्नुका साथै अन्य २० विजेता ट्रफी जित्न सफल भएका छन् ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय