पीएम कप : नेपाल पुलिस क्लब र प्रदेश- १ काे खेल स्थगित

  
पीएम कप : नेपाल पुलिस क्लब र प्रदेश- १ काे खेल स्थगित

पीएम कप टी–२० राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीचको खेल स्थगित भएको छ ।

प्रदेश-१ का खेलाडीमा कोरोना भएको आशङ्कापछि बिहान ९ बजे त्रिवि मैदान कीर्तिपुरमा हुने खेल स्थगित गरिएको हो । 

कोरोना परीक्षणपछि मात्र खेलबारे निर्णय हुने भएको छ । कीर्तिपुर मैदानमा दिउँसो १ बजे वाग्मती प्रदेश र गण्डकी प्रदेश खेल्दै  छन् । 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय