इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

  
इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको चेल्सीलाई हराएको छ । गएराति भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सिटीलाई जिताउन खेलको ७०औँ मिनेटमा केभिन डे ब्रुएनाले निर्णायक गोल गरे ।  जितसँगै सिटीले १३ अङ्कको अग्रता बनाएको छ । शीर्ष स्थानको सिटीको ५६ अङ्क भएको छ भने दोस्रो स्थानमा रहेको चेल्सीको ४३ छ ।

यस्तै, गएरातिकै अन्य खेलमा वुल्भ्स् र नर्विच सिटी विजयी भएका छन् भने म्यानचेस्टर युनाइटेड एस्टोन भिल्लासँग बराबरीमा रोकिएको छ । वुल्भ्स्ले साउथह्याम्टनलाई ३–१ गोल अन्तरले हरायो भने एभर्टन नर्विचसँग २–१ गोल अन्तरले पराजित भयो ।

यस्तै, म्यानचेस्टर युनाइटेडले एस्टोन भिल्लासँग दुई-दुई गोलको बराबरी खेलेकाे छ ।

 

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय