आहा-रारा गोल्डकप : छ-छ पटकको विजेता पुलिस र मनाङ भिड्दै

  
आहा-रारा गोल्डकप : छ-छ पटकको विजेता पुलिस र मनाङ भिड्दै

पोखरा रंगशालामा जारी आहा–रारा गोल्डकप अन्तर्गत आज चौथो खेल हुँदैछ। क्वार्टर फाइनल अन्तर्गतको आजको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र मनाङ–मर्स्याङ्दी क्लब आपसमा भिड्दैछन्।

२० औँ संस्करणमा मनाङको पहिलो खेल हो। पुलिसले भने यसअघिका खेलहरूमा आयोजक सहारा क्लब र हिमालयन शेर्पा क्लबलाई पराजित गर्दै क्वार्टर फाइनलसम्मको यात्रामा आइपुगेको हो। पुलिस र मनाङको खेला आइतबार दिउँसो साढे २ बजे हुनेछ।

यसअघिका संस्करणलाई हेर्दा पुलिसले २०५८, २०५९, २०६४, २०६५, २०६६ र २०७४ साल गरी ६ पटक आहा–रारा गोल्डकपको उपाधि उचालेको छ। मनाङ पनि २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ गरी ६ पटक नै विजेता बनिसकेको छ। त्यसैले यी दुई टिमबीच आज कडा प्रतिस्पर्धा हुने देखिएको छ।

उपविजेताको आधारमा हेर्दा पुलिसले २०६१ र २०६२ तथा मनाङले २०५८, २०६३, २०६७, २०७० र २०७१ मा गरी पाँच पटक उपविजेतामा चित्त बुझाउनु परेको थियो।

जारी प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछन्। माघ १५ गतेसम्म पोखरा रंगशालामा चल्ने प्रतियोगितामा १० टिम सहभागी छन्।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय