सहिद स्मारक 'ए' डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदै

  
सहिद स्मारक 'ए' डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदै

सहिद स्मारक 'ए' डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् ।

रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब दिउँसो एक बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नेछन् । दुवै टोलीलाई रेलिगेशन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट जित आवश्यक छ । फ्रेन्ड्सको ३ अङ्क र ब्रिगेडको ६ अङ्क छ ।

त्यस्तै आज हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र जावलाखेल युथ क्लब बेलुका पौने पाँच बजे दशरथ रङ्गशालामा खेल्नेछन् । आर्मी १७ अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ । जावलाखेल ८ अङ्कसहित ११औँ स्थानमा छ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय