तेस्रो उपमेयर कप क्रिकेटको उपाधि अर्घालाई

  
तेस्रो उपमेयर कप क्रिकेटको उपाधि अर्घालाई

सन्धिखर्क नगरपालिकाद्धारा आयोजित वडास्तरीय तेस्रो उपमेयर कप क्रिकेटको उपाधि वडा नम्वर ९ अर्घाले जितेको छ। 

सन्धिखर्क नगरपालिकाको आयोजना र अर्घाखाँची क्रिकेट संघको ब्यवस्थापनमा सञ्चालन भएको वडास्तरीय तेस्रो उपमेयर कप क्रिकेटको फाइनल खेलमा वडा नम्वर ८ किमडाँडालाई हराउँदै खेलको उपाधि जितेको हो। विजेता अर्घाले ४० हजार नगदसहित, शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ भने उपविजेता किमडाँडाले २५ हजार नगदसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गरेको छ।

खेलमा सन्धिखर्क नगरपालिका भित्रका १२ टिमको सहभागिता रहेको थियो।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय