१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिपमा आज नेपाल र बंगलादेश खेल्दै

  
१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिपमा आज नेपाल र बंगलादेश खेल्दै

१८ वर्ष मुनिको महिला साफ च्याम्पियनशिप फुटबलमा आज नेपाल र बंगलादेश खेल्दैछन् । भारतको जमसेदपुरमा नेपालले आज अन्तिम खेल खेल्न लागेको हो ।

खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । च्याम्पियनशिपको पहिलो खेलमा नेपाल भारतसँग ७–०, दोस्रो खेलमा बंगलादेशसँग ४–२ र तेस्रो खेलमा भारतसँग ५–१ गोलले पराजित भएको थियो । नेपाल, भारत र बंगलादेश सहभागी च्याम्पियनशिपमा नेपालले अंक जोड्न सकेको छैन ।

तीन खेल खेलेको नेपाल पुछारमा छ । ९ अंकसहित भारत शीर्ष र तीन अंकसहित बंगलादेश दोस्रो स्थानमा छ । डबल राउण्ड रोबिनको आधारमा चलिरहेको च्याम्पियनशिपमा शीर्ष टोलीले उपाधि जित्नेछ ।

तपाईं यस पोष्टको लागि प्रतिक्रिया कसरी गर्नुहुन्छ?

React on this Post

प्रतिकृया दिनुहोस


लोकप्रिय