नेपालले युएई विरुद्धको खेलमा ४ गोल खायो

फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा नेपाल युएईसँग पराजित भएको छ। साउदी अरबको दमामस्थित प्रिन्स मोहमद विन फहद रंगशालामा गएराति भएको खेलमा नेपाल युएईसँग ४-० गोलले पराजित भएको हो।

युएईको जितमा हरिब अब्दालाले २ तथा अलि सलेह र  हजेम मोहम्मद अबदुल्लाह अब्बासले गोल गरे। खेलको १२ औं र १४ औं मिनेटमा अब्दालाले गोल गर्दा नेपाल पहिलो हाफमा २-० गोलले पछि परेको थियो।

५३ औं मिनेटमा अलि सलेहले गोल गरे। ७५ औं मिनेटमा हजेम मोहम्मद अब्दुल्लाह अब्बासले ७५ औं मिनेटमा गोल गर्दा नेपाल ४-० गोलले पराजित भएको हो।

समूह ‘एच’ मा रहेको नेपालले यसअघि  पनि युएईसँग ४-० गोलले पराजित भएको थियो। त्यसअघि यमनसँग २-० ले पराजित भएको थियो। त्यस्तै नेपालले बहराइसँगको पहिलो खेल ५-० र दोस्रो खेल ३-० ले गुमाएको थियो।

जेठ २४ मा युएईसँग खेलेपछि नेपालले अन्तिम खेल जेठ २९ मा यमनसँग कतारमा खेल्नेछ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय