१२ वर्षीया बालिकासँग विवाह गर्ने र गराउने दुई पक्राउ

१२ वर्षीय बालिकाको विवाह गराएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीको  भुमिकास्थान नगरपालिका–९ की शकुन्तला सारू र सन्धिखर्क नगरपालिका–८ का मुमाराम बिक पक्राउ परको हुन् ।

पक्राउ परेकामध्ये शकुन्तलाले १२ वर्षीय बालिकालाई काम लगाइदिने भन्दै घर बोलाएर मुमारामसँग विवाह गराइदिएको आरोप रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

शकुन्तलाले मिलाइदिएपछि मुमारामले ती बालिकालाई सिन्दूर हालेर घर भित्र्याएको आरोप छ । बालिकाका काकाले प्रहरीसमक्ष दिएको जाहेरीका आधारमा दुवै जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ गरेर दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय