१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

संघियता नफाले व्यवस्था रहँदैन : महासचिव भट्ट

लक्ष्मण घिमिरे ।
अर्घाखाँची,पौष २३ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले गणतन्त्र बचाउन संघियता फाल्नु पर्ने बताएका छन् । संघियता नफाले व्यवस्था नै नबच्ने भन्दै उनले संघियता देशले धान्न नसक्ने बताए ।

नेपालमा संघियता फाल्नुको विकल्प नभएको भन्दै महासचिव भट्टले संघियता हटाएको दिन देशको आधा समस्या समाधान हुने बताए । संघियता फाल्नु भनेको गणतन्त्र मासिनु नभएको उनले स्पष्ट पारेका छन् । प्रदेशहरुको खारेजी नै अबको पहिलो विकल्प रहेको बताएका उनले व्यवस्था बचाईराख्न पनि संघियता फाल्नुपर्ने बताए । ‘राजा सक्रिय हुँदै गएका छन्,भट्टले भने,‘संघियता नफाले व्यवस्था पनि बचाउन सकिन्न ।’

सन्धिखर्कमा राष्ट्रिय जनमोर्चा जिल्ला कार्यसमितिले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले कांग्रेस, एमाले, माओवादी जस्ता दलहरु र ति दलका एजेण्डा कमजोर हुँदा राजा बलियो हुँदै गएको बताए । ठुला दलहरु नसच्चिए प्रतिगमनको खतरा बढेको उनको जिकिर छ ।

गणतन्त्रको विकल्प राजतन्त्र नभएको भन्दै उनले प्रतिगमनतर्फ जानु मुर्खता हुने भन्दै उनले राजतन्त्रलाई विकल्पमा उभ्याउन नसकिने बताए ।

अहिलेका दल र सरकार कमजोर हुँदा जनमत बहकिएको उनले बताए । पुराना दलहरुबाट असन्तुष्ट नागरिकले राजतन्त्रनै उत्तम थियो भन्ने भाष्य निर्माण गर्दा राजा सक्रिय भएको उनको भनाई । ‘नायाँ पुस्तालाई पुराना दलको कार्यसम्पादनमा चित्त बुझेको छैन,उनले भने,‘दलहरु ठिक ढंगले नहिंड्दा राजा सक्रिय हुने अवस्था आएको छ ।

संविधान संशोधनको एजेण्डासहित दुई ठुला दलहरु मिलेर सरकार गठन भएकाले आफुहरुले संघियता हटाउन दवाब दिने उनले बताए । दवाब स्वरुप आगामी चैत्र २४ गतेदेखी ३० गतेसम्म राजधानी काठमाण्डौमा सप्ताहव्यापी ‘संघियता विरुद्धको राजधानी केन्द्रित आन्दोलन’ गर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय