१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

तीन दिनमा सकिंदैं अर्घाखाँचीका आईजीपी बसन्त कुँवरको कार्यकाल

लक्ष्मण घिमिरे । सरकारले ३१ औं प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्न अब तीन दिन मात्र बाँकी छ ।

हालका आईजीपी बसन्त बहादुर कुँवर नेपाल प्रहरी नियमावलीले गरेको व्यवस्थाअनुसार सेवा अवधीको ३० वर्षे समय पूरा गरी चैत ४ गते मध्यरातबाट अनिवार्य अवकाश पाउँदैछन् ।

महानिरीक्षक कुँवर २०५१ चैत ५ गते प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जामा भर्ना भएका थिए । २०६३ भदौ ८ मा डीएसपी बढुवा भएका कुँवर २०७१ फागुन १० गते एसपीमा बढुवा भए ।

२०७५ फागुन ६ गते एसएसपी भएका थिए । भर्ना हुँदा अघिल्लो वरियतामा रहेका कुँवर डीएसपी, एसपी र एसएसपीमा बढुवा हुँदा भने, पछि पारिएका थिए । तर २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षकमा पहिलो नम्बरमा बढुवा भएसँगै कुँवरलाई भावि आईजीपीका रुपमा हेरिएको थियो ।

२०७९ चैत्र १० गते प्रहरी महानिरीक्षक बनेका कुँवर अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १, तुमकोटमा विसं २०२६ चैत १५ गते जन्मिएका हुन् । महानिरीक्षक कुँवरकी श्रीमती लक्ष्मी पराजुली र २ छोरा छन् ।

आगामी प्रहरी महानिरीक्षका लागि हाल एआईजी दर्जामा रहेका केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) प्रमुख दीपक थापा, प्रहरी प्रशिक्षण प्रतिष्ठान प्रमुख सुदिप गिरी र उपत्यका प्रहरी कार्यालय प्रमुख टेकबहादुर तामाङ दौडमा छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय