१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

शितगंगाको भुवनपाटामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची,चैत १३ । अर्घाखाँचीको शितगंगामा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर–२, भुवनपाटामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने २७ जना घाईते छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ ।

बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणमा आएको थियो । लु २ ख ३०३ नम्बरको पश्चिम नेपालको बस फर्किने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा च्याँपिएर तिन महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको परिचय भने खुलेको छैन ।

उद्दारपछी घाईतेहरुलाई उपचारका लागी प्राथमिक स्वास्थ्य केन्द्र ठाडा र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय