१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

गणतन्त्र खतरामा परेको भन्दै सन्धिखर्कमा एमालेको सडक प्रदर्शन

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । गणतन्त्र खतरामा परेको भन्दै प्रधानमन्त्रीकै दल नेकपा (एमाले) सडक प्रदर्शनमा उत्रिएको छ ।

सदरमुकाम सन्धिखर्कमा भएको प्रदर्शनमा सरकारवादी दलनै सडक प्रदर्शनमा उत्रिएको हो । नेकपा (एमाले) का नेता तथा कार्यकर्ताले ‘संघिय लोकतान्त्रीक गणतन्त्र जिन्दाबाद’ ‘प्रतिगामी षड्यन्त्र मुर्दाबाद’ ‘राष्ट्रिय स्वाधिनताको रक्ष्ाँ गरौं’ ‘व्यवस्था विरोधी तत्व होशियार’ लगायतका नारा लगाएका थिए ।

नेकपा एमाले जिल्ला कार्यसमितिले आयोजना गरेको ‘जनप्रदर्शन तथा जागरणसभा’ मा चार हजार नेता कार्यकर्ता सहभागी भएको जिल्ला अध्यक्ष पिताम्बर भुसालले बताए । प्रतिगामी षड्यन्त्र र अराजकताको विरुद्ध तथा लोकतान्त्रिक गणतन्त्रका पक्ष्ँमा प्रदर्शन मार्फत खबरदारी गरिएको उनको भनाई छ ।

एमालेले सबै जिल्ला सदरमुकाममा ¥याली र प्रदर्शन गर्न सर्कूलर गर्न जारी गरेपछी अर्घाखाँचीमा पनि कार्यक्रमको आयोजना गरिएको एमाले अर्घाखाँचीले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेता बोम बहादुर बिकले कुनै एक व्यक्ती वा वंशले शासन गर्ने युग पहिल्यै समाप्त भईसकेपनि केही तत्वहरु षड्यन्त्र गर्न लागिपरेको बताए ।

एमालेका प्रदेश सचिवालय सदस्य तथा प्रदेश सांसद रामजी प्रसाद घिमिरेले नेकपा एमालेले राष्ट्रलाई बन्धन बनाउने कुनैपनि षड्यन्त्र सफल हुन नदिने बताए । कार्यक्रममा एमालेका प्रदेश तथा जिल्लास्तरका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय