अब सुपादेउरालीमा केबलकार

लक्ष्मण घिमिरे ।
अर्घाखाँची,असार १७ । अर्घाखाँचीमा केबलकारको प्रक्रिया अँघीं बढेको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिकाले धार्मीक तथा पर्यटकिय क्षेत्र सुपादेउराली मन्दिरलाई लक्षित गरेर केबलकार सञ्चालन गर्ने भएको हो । सन्धिखर्कको नगरसभाबाट केबलकार सञ्चालन गर्न अनुमती दिने निर्णय भएसंगै नयाँ परियोजना सञ्चालनको बाटो खुलेको हो । असार १३ गते बसेको नगर कार्यपालिका बैठकले सुपादेउराली केबलकार प्रा.लि.लाई उद्योग दर्ताका लागि सिफारिस गर्ने निर्णय गरेको सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।

सन्धिखर्क नगरपालिका वडा नम्बर-७ मा अवस्थित सुपादेउराली मन्दिरदेखि मसिनाको लेकसम्म केबलकार सञ्चालन गर्न सन्धिखर्क नगरपालिकाले उद्योग विभाग, त्रिपुरेश्वर काठमाडौंमा सिफारिस गरेको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय