७३ जिल्लाका १९ सयभन्दा धेरैलाई डेङ्गी सङ्क्रमण

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ७३ जिल्लाका १ हजार ९ सयभन्दा धेरैमा डेङ्गी सङ्क्रमण देखिएको छ ।

सबैभन्दा बढी गण्डकी प्रदेशमा ४६४, बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिम प्रदेशमा २६८, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा डेङ्गी देखिएको महाशाखाले जनाएको छ ।

डाक्टरहरुकाअनुसार डेङ्गीबाट बच्ने सबैभन्दा उत्तम उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो । यसका लागि आफ्नो घर वरिपरि तथा कार्यस्थलमा पानी जम्न नदिन, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउन, सुत्ने बेला झुलको प्रयोग गर्न र पूरै शरीर छोपिने लुगा लगाउन डाक्टरहरुले आग्रह गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय