कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटनामा परेको छ।
काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभुमी नगरपालिका-९, वेलनदीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए। आइतबार बिहान ४ बजेतिर बस आफैँ अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ जना यात्रु घाइते भएका हुन्।
घाइतेहरूमध्ये ५ जना गम्भीर रहेका छन्। उनीहरुलाई थप उपचारको लागि बुटवल रेफर गरिएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। सामान्य घाइतेहरू २४ जनाको चन्दौटास्थित संजीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको टफिक प्रहरी कार्यालय गोरुसिंगेका प्रमुख ट्राफिक प्रहरी निरीक्षक पंकज चुदालीले बताए।
बिहानको समयमा चालक निदाएर बस दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। गाडी चालक प्रहरी नियन्त्रणमा छन्।
