१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

विद्याले भनिन्: राजनीतिमा आउने निर्णय गरिसके पछि हट्दिन

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटबारे बोलेका छन्। शनिबार विराटनगरको एक कार्यक्रममा बोल्दै उनले भण्डारीसँगको भेटमा भएको कुराकानीबारे बोलेका हुन्।

उनले विद्या भण्डारीसँग राष्ट्रपति हुँदा पनि कुरा भइरहेको बताए। साथै  विराटनगरको प्रसङ्ग झिकेर केदार कार्की, नागेश कोइरालाको कुरा सोधेको र सो विषयमा पनि कुरा भएको बताए। भण्डारीले विराटनगरमा आफू बस्दाखेरीको कुराहरु सम्झिएको पनि उनले बताए।

कोइरालाले भण्डारीलाई किन राजनीतिमा आउन लाग्नुभयो भनेर पनि सोधेको उनले बताए। उनले भने,’मैले उहाँलाई सोधे तपाईँ राजनीतिमा किन आउन खोजेको। पूर्व राष्ट्रपति भइसक्या किन आउन खोज्नु भो भने। उहाँले मैले निर्णय गरिसके म यो निर्णयबाट पछि हट्दिन भन्नुभयो।’

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय