१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

लुम्बिनी प्रदेश : एक वर्षमा थपिए ३ हजार बढी उद्योग

लुम्बिनी प्रदेशमा एक वर्षमा ३ हजार बढी उद्योग थपिएका छन् । उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अनुसार गत साउन सम्मको एक वर्षको अवधिमा ३ हजार २ सय ६७ नयाँ उद्योग सुरु भएका हुन् । जस अनुसार रुपन्देहीमा ८ सय ८२ वटा, बाँकेमा ६ सय ५७, नवलपरासी पश्चिममा ३ सय १७, कपिलवस्तुमा ३ सय ३३ वटा घरेलु तथा साना उद्योग थपिएको मन्त्रालयले जनाएको छ । यसै गरी दाङमा ४ सय ४९ , बर्दियामा २ सय ४५, पाल्पामा ८४ वटा, गुल्मीमा ५८ वटा, अर्घाखाँचीमा ७० घरेलु तथा साना उद्योग थपिएका छन् । यसै गरी प्युठानमा ३७ वटा, रोल्पामा ७८ र रुकुम पूर्वमा ५७ वटा घरेलु तथा साना उद्योग थपिएको मन्त्रालयको वार्षिक तथ्याङ्कले देखाएको छ । यस अवधिमा प्रदेशमा २ हजार ६ सय ९० उद्योग बन्द भएका छन् । रुपन्देहीमा ४ सय २६ , बाँकेमा ३ सय ९ वटा, नवलपरासी पश्चिममा २ सय १७ वटा, कपिलवस्तुमा २ सय ६५ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन्

दाङमा ४ सय ४४, बर्दियामा २ सय ७०, पाल्पामा २ सय ३३, गुल्मीमा २ सय ६२, अर्घाखाँचीमा २३ वटा घरेलु तथा साना उद्योग बन्द गराइएको मन्त्रालयले जनाएको छ । यसै गरी प्युठानमा ७१ वटा, रोल्पामा १ सय ४२ वटा र रुकुम पूर्वमा २८ वटा घरेलु तथा साना उद्योगको लगत कट्टा भएको मन्त्रालयको वार्षिक तथ्याङ्कमा उल्लेख गरिएको छ । एक वर्षमा प्रदेशभर रहेका ७ हजार ७ सय ४७ वटा घरेलु तथा साना उद्योगको नवीकरण गरिएको छ । त्यसै गरेर ३ हजार ५ सय ४१ वटा उद्योगको अन्य संशोधन गरिएको छ । अन्य संशोधनमा स्थान परिवर्तन लगानी थप लगायतका विषयमा शंशोधान गरिएको मन्त्रालयले जनाएको छ ।

यसै गरी प्रदेशमा एक वर्षको अवधिमा वाणिज्य तर्फ ३ हजार ७ सय ६३ वटा वाणिज्य फर्म थपिएका छन् । रुपन्देहीमा १ हजार १ सय ६३, बाँकेमा ७ सय १२, नवलपरासी पश्चिममा ३ सय ८६, कपिलवस्तुमा ३ सय ७४ वटा वाणिज्य फर्म थपिएका छन् । दाङमा ५ सय ७९ वटा, बर्दियामा २ सय ४९ वटा, पाल्पामा ७५ वटा, गुल्मीमा ५२ वटा, अर्घाखाँचीमा २९ वटा वाणिज्य फर्म थपिएको मन्त्रालयले जनाएको छ । यसै गरेर प्युठानमा ५५ वटा, रोल्पामा ५६ वटा र रुकुम पूर्वमा ३३ वटा वाणिज्य फर्म थपिएका छन् ।

एक वर्षको अवधिमा २ हजार ६ सय ३४ बटा वाणिज्य फर्म बन्द भएका छन् ।रुपन्देहीमा २ सय ४८, बाँकेमा ५ सय २७, नवलपरासी पश्चिममा १ सय ६३ वटा, कपिलवस्तुमा १ सय ३७ वटा वाणिज्य फर्मको लगत कट्टा गरिएको छ । दाङमा ५ सय ५५ वटा, बर्दियामा २ सय ५२ वटा, पाल्पामा २ सय ६९ वटा, गुल्मीमा ३ सय २१ वटा, अर्घाखाँचीमा ८ वटा वाणिज्य फर्म बन्द भएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ । यसै गरेर प्युठानमा ४९ वटा, रोल्पामा ९४ वटा र रुकुम पूर्वमा ११ वटा वाणिज्य फर्म बन्द भएका छन् ।एक वर्षको अवधिमा ८ हजार १ सय ६७ वटा वाणिज्य फर्मको नवीकरण गरिएको छ । यसै गरेर ५ हजार ८ सय ३० वटा वाणिज्य फर्मको अन्य संशोधन गरिएको मन्त्रालयको वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्षमा व्यवसायमा आकर्षण बढाउन विभिन्न योजना ल्याएको थियो । गत वर्ष नयाँ दर्ता हुन आउने उद्योगहरूलाई उद्योग दर्तामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिइएको थियो भने आधा छुट पाउने मध्येमा पनि अपांग, महिला, दलितका लागि थप ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । सरकारले दिएको यो छुट व्यवस्थाका कारण पनि उद्योग दर्तामा वृद्धि भएको मन्त्रालयले जनाएको छ । तर उद्योग बन्द गर्नेहरूको संख्या पनि रहिरहेको छ । मन्त्रालयका अनुसार ऋण लिनका लागि उद्योग दर्ता गर्नेहरूले उद्योग खारेजीका लागि निवेदन दिने गरेका छन् । बैंक ऋण लिनका लागि उद्योग दर्ता गर्ने र उद्योगको कागजात देखाएर ऋण लिने गर्ने गरिएको देखिन्छ । मन्त्रालयका अनुसार हाल सम्म उद्योग बन्द गर्नेहरू मध्य ऋण लिइसकेपछि उद्योग बन्द गर्न खोज्नेहरू नै बढी छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय