१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

लुम्बिनीमा ५ हजार दीप प्रज्वलन : विश्वशान्तिको कामना

विश्व शान्तिको कामना गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा दीप प्रज्वलन साथै शान्ति प्रार्थना गरिएको छ ।

आइतबार साँझ लुम्बिनीस्थित शान्ति दीप नजिकै बेबी बुद्ध परिसरमा ५ हजार दीप प्रज्वलन गरिएको छ । यस्तै, शान्ति पाठ गरेर अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइएको हो । युनिभर्सल पिस स्याङ्चुरीको आयोजनामा भएको कार्यक्रममा बौद्ध धार्मिक गुरु, भिक्षु भिक्षुणी, नेपाल स्काउट र स्थानीयको सहभागिता रहेको थियो ।

सहभागीले ५ हजार दीप प्रज्वलन गरेर शान्ति कामना गरेका थिए । विश्व शान्तिधाम निर्माणमा सक्रिय स्याल्पा तेन्जिङ रिन्पोछेले यस वर्ष लुम्बिनीमा विश्व शान्तिका लागि दीप प्रज्वलन गरी दिवस मनाइएको जानकारी दिए ।

नेपालको पछिल्लो आन्दोलन र त्यसबाट उत्पन्न अशान्ति अन्त्यका लागि समेत कामना गरेको उनले बताए । उक्त अवसरमा भिक्षुभिक्षुणी, उपासक उपासिका, लुम्बिनी विश्व विद्यालयका विद्यार्थी, लुम्बिनी स्काउटका प्रतिनिधि र लुम्बिनी भ्रमणमा आएका पर्यटकहरू दीप प्रज्वलनमा सहभागी भएका थिए । प्रत्येक वर्ष सेप्टेम्बर २१ सेप्टेम्बरमा अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइन्छ ।

संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९८१ मा हरेक वर्ष सेप्टेम्बर २१ को दिनलाई विश्व शान्ति दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय