१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

नारायणगढ–मुग्लिन सडक भोलि दिउँसोसम्म खुल्न सक्ने

नारायणगढ–मुग्लिन सडकको तुइन खोला पुल नजिक हिजो खसेको पहिरो हटाउने काम आज बिहानदेखि शुरू भएको छ । तर सुक्खा पहिरो निकै ठूलो भएका कारण सडक आज नखुल्ने भएको छ । निरन्तर काम गर्न सकेमा भोलि दिउँसोसम्म सक्ने र सडक खुल्ने सम्भावना रहेको डिभिजन सडक कार्यालय भरतपुर चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले झन्डै १२ देखि १४ हजार घन मिटर ढुङ्गामाटो सडकमा थुप्रिएको जानकारी दिनुभयो । माथिबाट तत्कालै ठूलो पहिरो झर्ने सम्भावना कम रहेपनि बेला बेला ढुङ्गा खस्ने गरेका कारण सफा गर्ने काम पनि जोखिमपूर्ण छ । प्राकृतिक विपद्को यो अवस्थामा सम्पूर्णलाई धैर्यता कायम गर्न कार्यालयले आग्रह गरेको छ ।

पहिरोले सडक बन्द हुँदा यात्रु र चालकलाई वैकल्पिक सडक प्रयोग गर्न सडक डिभिजन कार्यालय भरतपुर, चितवनले अनुरोध गरेको छ । मुग्लिन बजारबाट झन्डै दुई किलोमिटरमा रहेको इच्छाकामना गाउँपालिका–६ तुइन खोला पुल नजिकै हिजो बेलुका ठुलो पहिरो खसेपछि गाडीको आवतजावत पूर्णरूपमा बन्द छ । हिजो दिउँसोदेखि नै सडक बन्द भएकोमा बेलुका थप पहिरो खसेपछि यो सडक खुलाउन समय लाग्ने भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय