सन्धिखर्कका क्षेत्री अन्डर-१९ क्रिकेट टोलीमा समावेश

लक्ष्मण घिमिरे ।
अर्घखाँची । युएईमा हुने ACC Men’s Under-19 Premier Cup क्रिकेट टोलीमा अर्घाखाँचीका एक जना खेलाडी छनौट भएका छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर-९, अर्घा खर्तिखोरका वंश क्षेत्री १९ वर्ष मुनिको क्रिकेट प्रतियोगितामा समेटिएका हुन् । क्षेत्रीको घर अर्घाखाँची भएपनि उनि गण्डकी प्रदेशबाट क्रिकेट खेल्दै आईरहेका थिए ।

यसअँघीं अर्घाखाँचीका सुप्रिम सुनार, सरोज खत्री लगायतले पनि गण्डकी प्रदेशबाटै खेल्दै आईरहेका थिए । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागी १४ जना खेलाडी छनौट गरेको छ जसमा जिल्लाका वंश क्षेत्री पनि समावेश छन् ।

महत्वपुर्ण मानिएको प्रिमियम कपमा राष्ट्रिय टोलीमा समावेश हुनु क्षेत्रीसंगै अर्घाखाँचीवासीका लागी सुखद खबर भएको अर्घखाँची क्रिकेट संघले जनाएको छ ।

प्रतियोगिताका लागी छनौट भएका खेलाडीहरु भोली बिहान ९ बजे युएई प्रस्थान गर्दैछन् ।

 

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय