सांसद र मन्त्री भइसकेकालाई समानुपातिकमा ‘नो इन्ट्री’ : नेपाली कम्युनिष्ट पार्टी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले यसअघि सांसद र मन्त्री भइसकेका नेतालाई प्रतिनिधि सभाको समानुपातिक सूचीमा नराख्ने निर्णय गरेको छ।

पार्टीका शीर्ष नेतृत्वबीचको सहमतिअनुसार यसअघि प्रतिनिधि सभामा प्रत्यक्ष वा समानुपातिकबाट सांसद भएका र राष्ट्रियसभा सदस्य भइसकेकालाई समानुपातिकको सूचीमा समावेश नगरिने सो पार्टीका मुख्यसचिव गणेशमान पुनले जानकारी दिए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज अपराह्नसम्म समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ।

आयोगले आइतबार र सोमबार समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन दलहरुलाई निर्देशन दिएको छ। समानुपातिक तर्फको ११० सिटका लागि दलहरुले बन्दसूची पेस गर्नुपर्ने छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय