आज राजनीतिक समायोजन घोषणा सभा गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ। काठमाडौंका मेयर बालेन्द्र साह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट आएका नेता/कार्यकर्ताको व्यवस्थापनपछि आज रास्वपाले उक्त सभा गर्न लागेको हो।

दिउँसो १ बजे राष्ट्रियसभा गृहमा हुने सभामा पार्टी सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

रास्वपासँग पुस १३ मा काठमाडौंका मेयर साहको समूह र पुस १४ मा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। सभाबाट एकता प्रक्रियाले पूर्णता पाउने र आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय