१९ माघ २०८२, सोमबार
icon
निर्वाचन
१९ माघ २०८२, सोमबार
icon
निर्वाचन

‘विशेष महाधिवेशन’को पक्षमा जुरुक्क उठ्यो अर्घाखाँची कांग्रेस

नेपाली कांग्रेस अर्घाखाँची ‘विशेष महाधिवेशन’ को पक्षमा जुरुक्क उठेको छ ।

जिल्ला सभापति केशव श्रेष्ठ, सचिव द्वय कृष्ण प्रसाद खनाल र अच्युत गौतमको संयुक्त हस्ताक्षरमा विज्ञप्ती जारी भएपछी अर्घाखाँचीको राजनिति वृत्त तातेको छ । यसअँघीं नै यहाँका ९२ प्रतिशत महाधिवेशन प्रतिनिधीले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरिसकेका छन् ।

आज विज्ञप्तीनै आएपछी कांग्रेसीजनहरु काठमाण्डौ जाने क्रम सुरु भइसकेको छ । विज्ञप्तिमा सबै महाधिवेशन प्रतिनिधिलाई विशेष महाधिवेशनमा सहभागी हुन अपिल गर्नुका साथै नेपाली कांग्रेसका सबै तहका पदाधिकारी एवं सदस्यहरुलाई विशेष महाधिवेशनमा होमिन आव्हान गरेको उल्लेख छ ।

महाधिवेशन उद्घाटनमा अर्घाखाँचीको पञ्चेबाजा र ¥यालीसहितको कार्यक्रम रहेको नेपाली कांग्रेस अर्घाखाँचीले जनाएको छ । अर्घाखाँचीबाट २८ जना महाधिवेशन प्रतिनिधी छन् ।

मिति नजिकिदै जाँदा जिल्ला–जिल्लामा विशेष महाधिवेशनको रौनक बढेको छ । अर्घाखाँचीबाट ५०० बढी युवाहरु काठमाण्डौ जाने तयारी गरेको तरुण दल नेता राजकुमार श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय