नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ।
विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वले शुक्रबार आधिकारिकता प्राप्त गरेपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्न लागेको हो।
बैठक बिहान ११:३० बजेका लागि नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्ने छ। बैठकमा केन्द्रीय कार्यसमितिका सबै पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
