टिकट बाँड्न कांग्रेसले बनायो संसदीय बोर्ड

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ।

पार्टीको विधानअनुसार संसदीय बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ। पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवारहरू चयन गर्नेछ।

उपसभापति विश्वप्रकाश शर्माका अनुसार १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिनेछ। उम्मेदवारी दर्ता माघ ६ गते छ। कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु महामन्त्रीहरू र सहमहामन्त्रीहरू रहेको संसदीय बोर्ड गठन गरेको हो।

अहिले संसदीय बोर्डमा १३ सदस्य छन्। नेताहरूका अनुसार संसदीय बोर्डमा अब एक दुई जना थप गर्ने सम्भावना छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै: