कांग्रेसको अनुशासन र कार्यसम्पादन समिति बैठक बस्दै

समाचार सारांश
Auto Generated by AI
  • नेपाली कांग्रेसको अनुशासन समितिको बैठक आज बिहान ११ बजे बस्दैछ।
  • पूर्णबहादुर खड्काले निर्देशनविपरीत विज्ञप्ति जारी गरेपछि यो बैठक डाकिएको हो।
  • दिउँसो २ बजे संसदीय दल र महाधिवेशनका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बस्नेछ।

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बुधबार (आज) बिहान ११ बजे केन्द्रीय कार्यालयमा बस्दैछ।

कार्यवाहक सभापतिको हैसियतमा पूर्णबहादुर खड्काले दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले यो बैठक बोलाएको हो। यसअघि पार्टीले उनलाई विज्ञप्ति जारी नगर्न निर्देशन दिएको थियो।

खड्काले भने विज्ञप्ति मार्फत ‘पार्टी सदस्यता कसैले खारेज गर्न सक्दैन’ भन्ने अडान राखेका छन्।

यसैगरी, दिउँसो २ बजे सानेपामा केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि तय गरिएको छ। बैठकमा मुख्य रूपमा वैशाख ४ गते हुने संसदीय दलको नेता चयन, १५औँ महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता अद्यावधिक गर्ने विषयमा छलफल हुनेछ।

पार्टीभित्रको आन्तरिक विवाद र समसामयिक राजनीतिक विषयलाई बैठकको मुख्य एजेन्डा बनाइएको छ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय