ओली र लेखकमाथि अनुसन्धान जारी छ

समाचार सारांश
Auto Generated by AI
  • केपी शर्मा ओली र रमेश लेखकमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ।
  • सर्वोच्चको आदेशमा उनीहरू हाल जमानीमा रहेर अनुसन्धानमा सहयोग गरिरहेका छन्।
  • यस विषयमा भ्रमपूर्ण सूचना नफैलाउन प्रहरीले सचेत गराएको छ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । मंगलबार प्रेस विज्ञप्ति प्रकाशन गरेर जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरूमाथि अनुसन्धान जारी रहेको जानकारी गराएको हो ।

चैत १४ मा पक्राउ परेका ओली र लेखक सर्वोच्च अदालतको परमादेशको आधारमा चैत २६ मा रिहा भएका थिए । सर्वोच्चको परमादेश र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको निर्देशनमा ज्यानसम्बन्धी कसुरका आरोपीद्ववयमाथि माथवर व्यक्तिको जमानीमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।

अनुसन्धान भइरहेको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा भ्रामक सूचना प्रकाशन, प्रसारण नगर्न प्रहरीले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय