
- अर्घाखाँचीको पाणिनीमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।
- सुपा देउराली दर्शन गरी फर्कँदै गर्दा बस दुर्घटनामा परी २१ जना घाइते भएका छन्।
- घाइतेहरूको अर्घाखाँची र पाल्पाका अस्पतालमा उपचार भइरहेको छ।
लक्ष्मण घिमिरे । अर्घाखाँचीको पाणिनी–८ दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको क्रममा थप १ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा कास्की-१९ का ७८ वर्षिय राममायाँ बस्नेत रहेको अस्पतालका स्वास्थ्यकर्मी अशोक चौहानले जानकारी दिए ।
पर्वतबाट अर्घाखाँची सुपा देउराली दर्शनका लागि आएको ग १ ध ५०४ नम्बरको बस फर्कने क्रममा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि पाल्पा जिल्ला र अर्घाखाँची अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिवसबहादुर जिसीले जानकारी दिए ।
अन्य मृतकको पहिचान अझै खुल्न सकेको छैन ।
