गुल्मीमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ७ घाइते

गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रकोटबाट कालीगण्डकीको पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको जिप कालीगण्डकी-४ओक्याङमा दुर्घटना हुँदा सत्यवती-८ भार्सेकी ३२ वर्षीया कमला बुढाथोकीको मृत्यु भएको हो ।

दुर्घटनामा चालकसहित ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

पोखरेलका अनुसार अनुसार अनुसार दुर्घटनामा सत्यवती–८ भार्सेका ३७ वर्षीया रीता छन्तेल, उनकी छोरी ४ वर्षीया इरिसा छन्तेल,७५ वर्षीय टेकबहादुर काला, २३ वर्षीय मेघबहादुर बराल गम्भीर घाइते भएका छन् । त्यस्तै २६ वर्षीय अजय नेपाली, ४६ वर्षीय दुरपती बराल र चालक २९ वर्षीय केशव राना घाईते भएका छन् । घाइतेहरूलाई उपचारको लागि पाल्पा पठाइएको छ ।

जिप अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय