लक्ष्मण घिमिरे ।
अर्घाखाँची । नवौं जिल्ला अधिवेशनको तयारी गरेको एमालेले ‘लोगो’ सार्वजनिक गरेको छ । अधिवेशनलाई पर्वको रुपमा मनाउन तथा कार्यक्रमलाई भव्य र आकर्षक बनाउन जिल्लाको छुट्टै लोगो बनाएर सार्वजनिक गरिएको एमाले कार्यालय सचिव लिला बिकले जानकारी दिए ।
पार्टी कार्यालय सन्धिखर्कमा पत्रकार सम्मेलन गरेर लोगो सार्वजनिक गरिएको थियो । जिल्लाको पहिचान हुने ऐतिहासिक तथा धार्मिकस्थल र पार्टीको चुनाव चिह्न, झण्डा राखेर लोगो बनाईएको छ ।
नेकपा (एमाले) अर्घाखाँचीले यही जेठ २६ र २७ गते जिल्ला अधिवेशन गर्दैछ ।
