२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

विश्वकप क्रिकेट : श्रीलंकामाथि दक्षिण अफ्रिकाको जित

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ।

सोमबार न्युयोर्कमा भएको खेलमा श्रीलंकाले दिएको ७८ रनको लक्ष्य दक्षिण अफ्रिकाले १६।२ ओभरमा ४ विकेट क्षतिमा पूरा गर्‍यो। दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले नटआउट १९ रन जोडे। त्यसअघि ओपनर क्वान्टन डि ककले २० रन मात्र जोडे। बलिङमा श्रीलंकाका हसरंगाले २ विकेट लिए।

त्यसअघि अमेरिकाको न्युयोर्कमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १९.१ ओभरम ७७ रनमै अलआउट भएको हो।श्रीलंकाका लागि ओपनिङ ब्याटर कुशल मेन्डिसले १९ रन जोड्दा किमिन्दु मेन्डिसले ११ रन र एन्जेलो म्याथ्युजले १६ रन मात्र बनाउन सके। अरु ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा दक्षिण अफ्रिकाका एनरिच नोर्कियाले ४ विकेट लिए। उनले ४ ओभरमा ७ रन मात्र खर्चिए। कागिसो रबडा र केशव महाराजले २-२ विकेट लिए। समूह ‘डी’ मा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, बंगलादेश र नेदरल्यान्ड्स छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय