टी २० विश्वकप क्रिकेटमा नेपाल नेदरल्याण्ड्ससंग पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा नेपाल नेदरल्याण्ड्ससंग ६ विकेटले पराजित भएको हो ।
यस अघि नेपालले कमजोर प्रदर्शन गर्दै १९ दशमलब २ ओभरमा १०६ रन बनाउँदा सबै बिकेट गुमाएको थियो । जवाफमा नेदरल्याण्ड्सले १८ दशमलब ४ ओभरमा विजयी लक्ष्य पुरा गर्यो ।
मंगलबार अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो। नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ५४ रन बनाए। विक्रमजित सिंहले २८ बलमा २२ रन जोडे। साइब्रान्ड एन्जलब्रर्चटले १६ बलमा १४ रनको योगदान दिए।
नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहराले १–१ विकेट लिए। यस अघि नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गरेको नेपालले ४ बल खेल्न बाँकी छदा १०६ रनमै अलआउट भएको थियो। नेपालले ब्याटिङमा पनि सोचे जस्तो प्रदर्शन गर्न सकेन। नेपालका चार खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सके।
नेपालका लागि कप्तान रोहित पौडेलले ३७ बलमा सर्वाधिक ३५ रन बनाए। उनले ५ चौका प्रहार गरे। करण केसीले १२ बल खेल्दै २ छक्का मदतमा १७ रन बनाए। गुल्सन झाले १५ बलमा १ छक्का प्रहार गर्दै १४ तथा अनिल शाहले १२ बलमा २ चौका मदतमा ११ रन जोडे।
नेपालका लागि सोमपाल कामी भने शुन्यमा आउट भए। अन्तिम विकेटका रुपमा आउट भएका अभिनाश बोहराले पनि खाता खोल्न सकेनन्। नेपाललाई अलआउट गर्न बलिङमा नेदरल्याण्ड्सका लागि टिम प्रिन्जल र लोगन भान विकले समान ३ तथा पउल भान मिकेरन र बास डे लिडले समान २ विकेट लिए।
प्रतियोगिताको समूह ‘डी’ मा रहेका दुवै टिमको यो पहिलो खेल हो। यो समूहमा नेपाल र नेदरल्यान्ड्ससँगै श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन्।