३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

हमासको कब्जामा रहेका विपिनको अवस्था अझै अज्ञात

हमासका लडाकूहरूले इजराइलमाथि आक्रमण गरी दुई सय ५१ मानिसलाई बन्धक बनाएको आठ महिनापछि गाजामा अझै पनि एक सय २० जनालाई राखिएको छ। यद्यपि कति मानिस अझै जीवित छन् भन्ने स्पष्ट छैन।

‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न प्यालेस्टिनी क्षेत्रमा ल्याउँदा मूल दुई सय ५१ मध्ये केही पहिला नै मरिसकेका थिए। अहिलेसम्म एक सय १२ बन्धकलाई जीवितै रिहा गरिएको छ।

इजराइली कारागारमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा नोभेम्बरमा एक साताको युद्धविरामका क्रममा अधिकांशलाई मुक्त गरिएको थियो। इजराइली सेनाले हमास लडाकू सम्झेर मारेका तीन बन्धकसहित १९ मृत बन्धकको शवलाई इजराइलले फिर्ता गरेको छ।

इजराइली सेनाका अनुसार गाजामा पछिल्लो समय ४१ बन्धक मारिएका छन्। तीमध्ये अक्टोबर ७ को आक्रमणमा मारिएका २५ मानिस संलग्न छन्। उनीहरूको शवलाई ‘बार्गेनिङ चिप्स’ का रूपमा प्रयोग गर्न गाजा पट्टी लगिएको इजराइलको भनाइ छ।

यसले गाजामा अझै पनि ७९ बन्धक जीवित रहेको हुनसक्ने देखिन्छ। ती मध्ये ७२ इजराइली, ६ थाई नागरिक र एक नेपाली रहेका छन्। हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको अवस्था समेत अझै अज्ञात छ । लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायलका कृषि फार्ममा काम गर्न गएका कृषि विषयका नेपाली विद्यार्थीले काम गर्ने इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएको थियो भने विपिन अपहरणमा परेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय