३० बैशाख २०८२, मंगलबार
३० बैशाख २०८२, मंगलबार

विश्वकप क्रिकेट : युगान्डाले पपुवा न्यूगिनीलाई ३ विकेटले हरायाे

आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत युगान्डाले पहिलो जित हात पारेको छ।

समूह ‘सी’ अन्तर्गत आज भएको खेलमा युगान्डाले पपुआ न्यूगिनी (पीएनजी) लाई ३ विकेटले हराउँदै जितको खाता खोलेको हो। गुएनास्थित प्रोभिडेन्स स्टेडियममा भएको खेलमा टस हारेर पहिला ब्याटिङ्ग गर्ने निम्तो पाएको पीएनजीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ७७ रन मात्रै बनाउन सक्यो।

७८ रनको लक्ष्यसहित मैदान उत्रेको युगान्डाले निर्धारित ओभरको १८.२ बल खेल्दै ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।सामान्य लक्ष्य पाएपनि युगान्डाले सुरुदेखि नै जितका लागि निकै सङ्घर्ष गर्नुपर्यो। ओपनर ब्याट्सम्यानद्वय रोजर मुकासा शून्य र सिमोन सेस्सजी १ रनमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ्ग गर्न आएका रोबिन्सन ओबुया पनि १ रनमै पभेलियन फर्के।

चैथो नम्बरमा मैदान उत्रेका रिजन अलि शाहले युगान्डाको पारी सम्हाल्दै सर्वाधिक ३३ रन जोडे। त्यसबाहेक जुमा मियागीले १३ रन जोडे। जितका लागि २ रन चाहिँदा युगान्डाले साँतौ विकेट गुमायो। त्यसपछि केनाथ वसिबाले सट प्रहार गर्दै युगान्डालाई पहिलो जित दिलाए।

पीएनजीका लागि एलेई नाओ र नोरमन वनुवाले समान २/२ विकेट लिँदा चाड सोपर र असद वालाले समान १/१ विकेट हात पारे। त्यसअघि टस हारेर ब्याटिङ्ग गरेको पीएनजीका लेगा साइकाले १२, हिरी हिरीले १५ र किलपिन डोरिगाले १२ रन जोड्नु बाहेक अन्य कुनैपनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन्।

पीएनजीलाई सस्तोमा समेट्न युगान्डाका अलपेश रामजानी, कोसमस केयुटा, जुमा मियागी र फ्रान्क न्सुबुगाले समान २/२ विकेट लिए भने कप्तान ब्रिएन मसाबाले १ विकेट लिए।

यसअघि आफ्नो पहिलो खेलमा युगान्डा भने अफगानिस्तानसँग १२५ रनको विशाल अन्तरले पराजित भएको थियो।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

सबै:

लोकप्रिय