राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले पार्टीको दोस्रो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
सन्धिखर्कमा रहेको रास्वपाको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै रास्वपा अर्घाखाँचीले स्थापना दिवसमा गर्ने विभिन्न कार्यक्रमहरु सार्वजनिक गरेको हो । रास्वपा अर्घाखाँची दोस्रो स्थापना दिवसको अवसरमा असार ४ गते भूमिकास्थान नगरपालिकाको वडा नम्बर ४ मा निःशुल्क दन्त परिक्षण शिविर सञ्चालन गर्ने, असार ५ गते सदरमुकाम सन्धिखर्कमा रक्तदान कार्यक्रम गर्ने, असार ६ गते वृक्षारोपण कार्यक्रम र ७ गते चियापान कार्यक्रम गर्ने भएको रास्वपा अर्घाखाँचीका सभापति हरि प्रसाद भुसालले जानकारी दिए ।
पत्रकार सम्मेलन राष्ट्रिय स्वतन्त्र पाटीका क्षेत्रीय सभापति कमल मरासिनीको अध्यक्षता, नारायण गौतमको स्वागत मन्तव्य र प्रकाशचन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।