अर्घाखाँचीको दहखोलामा डूबेर बालकको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा खोलामा डूबेर एक जना बालकको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ६, जगतका पदम बिकका १४ बर्षिय छोरा कुमार बिकको ज्यान गएको प्रहरीले जनाएको छ ।

सोमवार बिहान करिब ११ बजेको समयमा दह खोलामा पौडी खल्न गएका बिकको डुबेको अवस्थामा दिउँसो १२:३० बजे उद्दार गरी उपचारका लागी जिल्ला अस्पताल अर्घाखाँची ल्याईएको थियो ।
डाक्टरहरुको चेक जाँच पछि उनलाई अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दिपेन्द्र रावलले बताए ।

तपाईको प्रतिक्रिया
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित समाचार

सबै:

लोकप्रिय