२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

टी–२० मा सबैभन्दा चाँडो शतकको कीर्तिमान

एस्टोनियाका साहिल चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा चाँडो शतक बनाउने कीर्तिमान तोडेका छन् । सोमबार साइप्रसविरुद्धको खेलमा मात्र २७ बलमा शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन् ।

चार महिनाअघि मात्र जान निकोल लोफ्टी इटनले नेपालविरुद्ध ३३ बलमा शतक बनाउँदै यो कीर्तिमान बनाएका थिए । इटनले नेपालका कुशल मल्लले बनाएको रेकर्ड भङ्ग गरेका थिए । मल्ले मंगोलियाविरुद्ध ३४ बलमा शतक हिर्काएका थिए । यो सबै खाले टी–२० खेलमा पनि बनेको सबैभन्दा चाँडो शतक थियो । यसअघि क्रिस गेलले आईपीएल २०१३ मा ३० बलमा शतक बनाएका थिए ।

त्यस्तै, चौहानले टी–२० अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा धेरै छक्का हिर्काउने कीर्तिमान पनि बनाएका छन् । यसअघि हजरतुल्लाह जजाई र फिन एलनले एकै खेलमा १६–१६ वटा छक्का प्रहार गरेका थिए ।

उनले १४ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए । सबैभन्दा चाँडो अर्धशतक बनाउने रेकर्ड भने तोड्न सकेनन् । यो रेकर्ड नेपालका दीपेन्द्र सिंह ऐरीको नाममा छ । दीपेन्द्रले मात्र ९ बलमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय