२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

भौतिक पुर्वाधार विकास समिति लुम्बिनी प्रदेशद्वारा अर्घाखाँचीका योजना अनुगमन

भौतिक पुर्वाधार विकास समिति लुम्बिनी प्रदेशले अर्घाखाँचीका भौतिक निर्माणको अनुगमन गरेको छ । जिल्लाका विभिन्न स्थानमा प्रदेश कार्यालय मार्फत भइरहेको भौतिक निर्माणको स्थलगत निरीक्षण गर्नुका साथै कार्यप्रगती तथा वित्तीय प्रगतिको बारेमा जानकारी लिएको छ ।

भौतिक पुर्वाधार विकास समितिका संयोजक रामजी प्रसाद घिमिरे, प्रदेशसभा सदस्य कृष्णा कुश्मा थारु, सुरुल पुन, यमुना रोक्का लगायतको उपस्थितमा योजनाहरु निरीक्षण गरिएको हो । अनुगमन पछी बोल्दै संयोजक घिमिरेले योजनाको सही ढंगले कार्यान्वयन गर्न निर्देशन दिएका छन् । योजनाहरुलाई बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै यसै जिल्लाका प्रदेश सांसद समेत रहेका घिमिरेले समय र गुणस्तरमा ध्यान दिन आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाको कार्यकक्षमा भौतिक प्रगति तथा वित्तीय विवरण प्रस्तुत गर्ने कार्यालयहरुमा सडक पुर्वाधार विकास कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, जलस्रोत विकास तथा सिंचाइ डिभिजन कार्यालयहरु रहेका थिए ।

कार्यक्रममा भुमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिकाका प्रमुखहरु, जिल्ला समन्वय उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय अधिकारी, प्रहरी नायब उपरीक्षक, जिल्ला समन्वय समितिका सदस्यहरु सरोकारवाला कार्यलयका प्रमुखहरु निर्माण व्यवसायी तथा संचारकर्मी लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय