२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

सन्धिखर्कमा ३४ बोरा अवैध रासायनिक मल जफत

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा ३४ बोरा भन्दा धेरै अवैध मल जफत गरिएको छ ।

चुत्राबेसी बजारमा कृषि सहकारीलाई वितरण गर्न ल्याएको मल अनाधिकृत रुपमा बिक्री गर्न लुकाइ राखेको साढे ३४ बोरा रासायनिक मल जफत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोष खनालले बताए ।

सन्धिखर्क नगरपालिका २, चुत्राबेसीको भुसाल एग्रोभेटबाट साढे १७ बोरा र बन्जाडे एग्रोभेटबाट १७ बोरा गरी जम्मा साढे ३४ बोरा डिएपी मल नियन्त्रणमा लिईएको हो । अवैध ढंगले मल लुकाउने र चर्को मुल्यमा बेच्ने उद्देश्यले मल राखेको सुचना पाएपछी जिल्लाको संयुक्त अनुगमन टोलीले खानतलासी गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, सन्धिखर्क नगरपालिका, कृषि ज्ञान केन्द्र, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग बाणिज्य संघ, चेम्बर अफ कमर्स, नेपाल पत्रकार सहासंघको संयुक्त टोलीले खोजतलास गर्दा सो परिमाणमा अवैध ढंगले राखेको मल फेला परेको जिल्ला प्रहरी कार्यालयका सुचाना अधिकारी दिपेन्द्र रावलले जानकारी दिए ।

नेपाल सरकारले भुमिकास्थान नगरपालिकाको सहकारीलाई अनुदानमा दिएको मल कमिसनको चलखेलमा एग्रोभेटहरुलाई बेच्न दिने गरेको पाइएको हो । कृत्रिम अभाव खडा गर्ने र चर्को मुल्यमा मल बिक्रिवितरण गर्ने गरेको गुनासो आएपछी जिल्लाका निकाय एक्सनमा उत्रिएका हुन् ।

पछील्लो समय जिल्लामा युरिया मलको अभाव देखिएको छ । मकै र धानमा मल राख्ने समय भएपनी प्रसस्त मल बजारमा छैन । विक्रेताहरुले कृत्रिम अभाव देखाउँदै मल नआएको बहाना बनाउने गरेको भुमिकास्थान ९, सुवर्णखालका राम प्रसाद भुसालले बताए । ‘मल राख्ने सिजनमा सँधै यस्तै हुन्छ,उनले भने,‘विक्रेताहरुले अभाव खडा गर्छन । बढी पैसा तिर्दा मल पाईन्छ ।’

खेतीपाती गर्ने सिजनमा युरीया मलको अभाव भएको गुनासो आएपछी सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्य नेतृत्वको अनुगन टोलीले सन्धिखर्कमा रहेका शान्ति बगैंचा, फुदबाङ, मिडिया चोक र चुत्राबेसीमा रहेका एग्रोभेट तथा सहकारीहरुको अनुगमन गरेको छ ।

कृत्रिम अभाव सृजना गर्ने र कालो बजारी गर्नेलाई कडा कारवाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित समाचार

Continue to the category

लोकप्रिय